October 15, 2026 12:42 pm
Search
Close this search box.

विराटनगरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको फ्लाइट नम्बर ७१० मा दुई यात्रुबीच झगडा हुँदा कुटाकुट भएको छ। बुधबार बेलुका ४ः३० वजे काठमाण्डौंका लागि उडेका विमानमा चिनजानकै युवाहरु विच कुटाकुट भएको हो।

उनीहरुबीच पारिवारिक कुरामा विवाद भएको र विवादले चर्काे रुप लिँदा कुटाकट भएको जनाईएको छ। उनीहरुबीच भएको हात हालाहालको भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।

उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएपछि बुद्ध एयरले ती दुई यात्रुलाई काठमाडौंस्थित विमानस्थलको सुरक्षा निकायलाई जिम्मा लगाएको छ । विमानस्थल सुरक्षा निकायले ती यात्रुलाई थप कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशालालाई बुझाएको छ । अहिले ती यात्रुहरु प्रहरी वृत्त गौशालामा राखिएको छ ।

बुद्ध एयरले घटनाको बारेमा बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएको थियो । ‘गैरसैनिक हवाई उडान ऐन २०१५’ र ‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ अनुसार उनीहरुलाई कारबाही हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विमानस्थल सुरक्षा भड्किने गतिविधि गरेमा, फ्ल्याइटको सुरक्षालाई चुनौती हुने र फ्ल्याइटको नियम पालना नगर्ने यात्रुलाई सोही कानुन अनुसार कारवाही हुने सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *